images

रास्वपा खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

बुधबार युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेजी माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराउनुभएको हो ।

जुरीमा पौडेलले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकोले पार्टी खारेज गर्नुपर्ने माग गर्नुभएको छ ।

लामिछानेले गरेको निर्णयहरू अवैध हुने भएकाले तत्काल पार्टी खारेज गर्न पौडेलको माग छ ।