images

संसदमा गराइयो लामिछानेको सांसद पद रिक्त भएको जानकारी

काठमाडौं । प्रतिनिधिसभाको बुधवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको जानकारी गराइएको छ । संविधानको धारा ८९ बमोजिम प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको सभामुख देवराज घिमिरेले जानकारी प्रतिनिधिसभालाई हो ।

सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएपछि त्यो पद रिक्त भएको छ ।

सांसद पद रिक्त रहेको जानकारी प्रतिनिधिसभालाई गराउनुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावली २०७५ मा पनि छ । संवैधानिक र कानूनी व्यवस्था अनुसार सभामुख घिमिरेले लामिछानेको पद रिक्त भएको प्रतिनिधिसभालाई जानकारी गराउनुभएको हो ।

सभामुख घिमिरेले प्रतिनिधिसभा बैठकलाई गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले सम्हालिरहेको जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक माघ २२ गते आइतबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।