images

निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनैपर्ने बाध्यकारी कानून ल्याउदै निर्वाचन आयोग

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अनिवार्य ३३ प्रतिशत महिला उम्मेदवार बनाउनैपर्ने बाध्यकारी कानूनी व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले निर्वाचन सम्बन्धी नयाँ विधेयक तयार बनाइरहेको जानकारी दिँदै यस्तो व्यवस्था गर्न लागिएको उल्लेख गर्नुभएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सम्बन्धी सो विधेयकलाई चैत्र महिना भित्रमा संसदमा पेस गर्नेगरी आवश्यक तयारी गरिरहेको जानकारी दिनुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले वडा अध्यक्षको उम्मेद्ववारीमा पनि एक तिहाई महिला अनिवार्य रुपमा उम्मेदवार दिनुपर्छ भन्ने व्यवस्था गर्न लागिएको बताउनु भयो ।