images

तेह्र बर्ष अघिको घटनामा पक्राउ परेका अरुण चौधरी जेल चलान

काठमाडौं । प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई जेल चलान गरिएको छ ।

कैलाली निर्वाचन क्षेत्र नं.२ बाट चौधरीलाई बिहीबार बाँकेबाट पक्राउ गरिएको थियो ।

शुक्रबार कैलाली जिल्ला अदालतमा पेश गरेलगत्तै अदालतको आदेश बुझाएर चौधरीलाई जेल चलान गरिएको हो ।

प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरी नौ वर्षदेखि फरार सूचीमा रहेका थिए ।

१३ वर्ष अघि २०६६ सालमा ट्याक्टर जलाएको घटनामा सांसद चौधरीसहित तीन जनालाई जिल्ला अदालतले दोषी ठहर गर्दै ६ महिना जेल र ८ लाख १८ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो ।

कैलाली जिल्ला अदालतले २०७० साल बैशाख ९ गते उक्त घटनाको फैसला सुनाएको थियो ।

नागरिक उन्मुक्ति पार्टीले भने सांसद चौधरीको पक्राउको विरोध गर्दै आएको छ । सांसदलाई पक्राउ गर्न सभामुखको अनुमति लिनु पर्ने भए पनि त्यो समेत नलिई पक्राउ गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले विरोध गरेको हो ।