images

माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित, बैठक शनिबार दिउँसो १ बजे बस्ने

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक फेरि सरेको छ।

आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक शनिबार दिउँसो १ बजेका लागि सारिएको हो।

बैठकको तयारी नपुगेको र आजै प्रतिनिधिसभाको बैठक पनि भएकोले स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।

आजको बैठकमा पछिल्ला राजनीतिक र समसामयिक विषयका साथै गृह मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीले राखेका मागको बारेमा छलफल हुने बताइएको थियो ।

बिहीबारको बैठक बस्न नपाउँदै सकिएको थियो। यसअघिको स्थायी समिति बैठकमा २७ जना सदस्यहरुले आ–आफ्नो धारणा राखिसकेका छन्।

पछिल्लो राजनीतिक घटनाक्रमको प्रभाव माओवादीको बैठकमा समेत परिरहेको छ।