images

इथोपिया लैजाने प्रलोभन देखाइ भारत पुर्‍याइएका १२ महिलाको उद्दार

काठमाडौं । बैदेशिक रोजगारीका लागि इथोपिया लैजाने प्रलोभन देखाइ भारत लगिएका १२ जना महिलालाई नेपाल प्रहरीले उद्दार गरेको छ ।

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले भारतबाट १२ जना महिलालाई उद्दार गरेको जानकारी गराएको हो ।

नेपालका विभिन्न नाकाहरूबाट मंसिर र पुस महिनामा भारत पुराई दुबईहुँदै भिजिट भिसामा इथोपियामा बैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाइ भारतको जयपुरमा राखिएको अवस्थामा ती महिलाहरुलाई उद्धार गरिएको व्युरोले जानएको छ । जानकारी दिनुभयो।

उद्दार भइ आएका महिलाहरूमध्ये २०/३० वर्ष उमेर समूहका २ जना ३१/४० वर्ष समूहका ८ र ४१ वर्षमाथिका २ जना रहेका छन्।