images

श्रममन्त्री अर्याल र मलेसियाली गृहमन्त्रीबीच भेटवार्ता, श्रम सम्झौताका विषयमा छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले भेटवार्ता गर्नुभएको छ ।

शुक्रवार काठमाडौंस्थित एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको हो ।

बैठकपछि बोल्दै श्रममन्त्री अर्यालले मलेसिया सरकारसँग नेपाल सरकारको श्रम सम्झौतालाई नविकरण गर्ने बेला भएको र नविकरण गर्दा नेपाली श्रमीकलाई पनि मलेसियाका श्रमीकसरहको सेवा सुविधा दिने कुरामा छलफल भएको बताउनु भयो ।

त्यस्तै मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमीकहरु मलेसिया गएको र सो मध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आवद्ध रहेको बताउनु भयो । त्यस्तै ७० हजार कर्मचारी सेक्युरिटी गार्डमा कार्यरत रहेको उहाँको भनाइ छ ।

३ दिने नेपाल भ्रमणका क्रममा बिहीवार साँझ आउनुभएका उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।