images
images

अनार खानुका फाइदा

काठमाडौँ । अनार स्वास्थ्यका लागि निकै लाभदायक फल हो। विभिन्न वैज्ञानिक अनुसन्धान अनुसार नियमित अनारको सेवनले स्वास्थ्यमा थुप्रै लाभ हुन्छ।

अनारमा थुप्रै प्रकारका भिटामिन, खनिज र बायोएक्टिव तत्व पाइने गर्छन्। जसको हाम्रो शरीरलाई नियमित रूपमा आवश्यकता पर्ने गर्छ।

अनारमा ‘पुनिक्लागिन्स’ नामक ‘एन्टिअक्सिडेन्ट’ पाइन्छ।

विभिन्न अनुसान्धानका अनुसार १ सय ७४ ग्राम अनारको दाना सेवन गर्दा ७ ग्राम फाइबर, ३ ग्राम प्रोटिन, भिटामिन सी आरडिआई ३० प्रतिशत, भिटामिन के आरडीआई ३६ प्रतिशत, फोलेट आरडीआई १६ प्रतशत, पोटाशियम आरडीआई १२ प्रतिशत पाइन्छ।

अनारको सेवनले ‘प्रोस्टेट क्यान्सर’ हुनबाट केही हदसम्म बच्न सकिने अध्ययनले देखाएको छ। प्रोस्टेट क्यान्सर पुरुषमा हुने क्यान्सर हो। दैनिक २ सय ३७ मिलिग्राम अनारको जुस पिउँदा प्रोस्टेट क्यान्सर कम गर्न मद्दत मिल्छ।

अनारको जुसले ब्लड प्रेसर कम गर्न पनि सहयोग गर्छ। एक अध्ययनका अनुसार दुई हप्ता अनुसार १ सय ५० मिलिलिटर अनारको जुस पिउँदा मानिसको रक्तचापमा विशेष रूपमा नियन्त्रित पाइएको थियो। 

अनारको जुस नियमित सेवन गर्दा जोर्नीहरूमा पनि विशेष फाइदा पुग्छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS