images
images

प्रतिपक्षी दलहरूको बैठकमा राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनबारे छलफल

काठमाडौं । संघीय संसद्मा रहेका प्रतिपक्षी दलहरूको बैठकमा राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनबारे छलफल भएको छ ।

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा आज बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले आजको बैठकमा राष्ट्रिय सभाको निर्वाचनको विषयमा पहिलो चरणको छलफल भएको जानकारी दिनुभएको हो ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको उपाध्यक्षको विषयमा आजको सबैको कुरा सुन्ने र बुझ्ने काम भएको बताउनुभयो । उहाँले कसले उम्मेदवारी दिने भन्ने विषयमा कुनै पनि राजनीतिक दलले दाबी नगरेको बताउनुभयो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS