images

गठबन्धनभित्र खटपट सुरु भइसकेको नेकपा एसका अध्यक्ष नेपालको दावी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेको दावी गर्नुभएको छ ।

ललितपुरको बालकुमारीस्थित एक बैंक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उहाँले उहाँले यस्तो बताउनुभएको हो ।

सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकीर समेत उहाँले गर्नुभएको हो ।

वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने भन्दै प्रश्न समेत उहाँले गर्नुभयो ।

संसदको रोष्ट्रममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानून र नियमको पालना नगर्नेहरु सरकारमा रहेको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको तर्क गर्नुभयो । उहाँले रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै जनताले उनीहरुको विरोधमा बोल्न थालेको समेत बताउनुभयो ।

निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता तथा कार्यकर्तालाई सचेत अध्यक्ष नेपालले गराउनुभयो ।