images
images
images

रास्वपा सभापति लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेले जनतासँग सिधा कुरा नगरेको धेरै भएको भन्दै देश तथा विदेशमा रहने सबैले पत्रकार सम्मेलन हेर्न आग्रहसमेत गरेका छन्।

पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछु, उनले भनेका छन्।

लामिछानेको नागरिकता अवैध ठहर भएर सांसद तथा गृहमन्त्री पद गुमाएको रास्वपा सरकारबाट बाहिरने कि सरकारमा रहने भन्ने अन्यौलमा परेको छ ।

सांसद तथा गृहमन्त्री पद गुमाएका लामिछाने केहिदिन यता गठबन्धनका ठुला दलका शिर्ष नेताहरुसंगको भेटघाटमा व्यस्त रहेका छन् । तर पनि अहिले सम्म गृहमन्त्रालय कस्लाइ दिने भन्ने बिषयमा निर्णय भैसकेको छैन् ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृह मन्त्रालय आफ्नै पार्टिमा राख्न चाहन्छन् भने नेकपा एमालेका अध्यक्ष केपि ओली गृह मन्त्रालय लामीछानेलाइ नै दिनका लागी प्रधानमन्त्री लाई फकाइरहेका छन् ।

लामिछानेको पद गुमेसंगै गृह मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्दै आएका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS