images

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन

एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका मुशर्रफको मृत्युभएको पाकिस्तानि सञ्चारमाध्यले जनाएको छ । दुबईको अस्पतालमा उनको उपचार भइरहेको थियो ।

मुशर्रफ लामो समयदेखि अमाइलोइडोसिस रोगबाट पीडित थिए ।

मुशर्रफ धेरै महिनादेखि अस्पतालमा भर्ना थिए । उनको परिवारले ट्विटरमा जानकारी दिँदै उनी अमाइलोइडोसिस नामको रोगबाट जुधिरहेका कारण उनका सबै अंगले काम गर्न बन्द गरेको बताएका थिए ।