images

अदालतको निर्णय स्वीकारेको लामिछानेको प्रष्टोक्ति, उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालतले हतार-हतार गरेको निर्णय स्वीकारे गरेको बताउनुभयो ।

रास्वपाद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले अदालतले हतार-हतार गरेर आफ्नो मुद्दामा सुनाएको फैसला जे-जस्तो भए पनि स्वीकार गरेको बताउनु भयो।

उहाँले आफूले अदालतको फैसलालाई स्वीकार गरेर नै तत्कालै पदबाट राजीनामा दिएर अघि बढेको समेत बताउनु भयो। त्यस्तै लामिछानेले सञ्चारकर्मी र सञ्चारगृहप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।

नागरिकता विवादका विषयमा सञ्चार माध्यमले गलत सूचना निरन्तर प्रवाह गरेको भन्दै लामिछाने सञ्चारकर्मी र केही सञ्चार गृहप्रति आक्रोशित हुनभएको हो

उहाँले चार वर्ष अगाडि आफैंले बोलेको कुरालाई उचालेर मिडिया आफ्नोबारे जथाभावी लेखेको आरोप लगाउनु भयो । लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने पनि बताउनुभयो ।