images
images

नेपाल-भारत रेलसेवा सञ्चालनको माग गर्दै कोशी ब्यारेज क्षेत्रका दुवै देशका स्थानीयद्वारा संयुक्त आन्दोलनको घोषणा

काठमाडौं । नेपाल—भारत रेलसेवा सञ्चालनको माग गर्दै सीमावर्ती क्षेत्र कोशी ब्यारेजका दुवै देशका स्थानीयले आन्दोलन गर्ने भएका छन् ।

सोमवार कोशी ब्यारेजस्थित नेपाल—भारत सीमामा बसेको दुई देशीय प्रतिनिधिहरुले रेल सेवा सञ्चालनको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेका हुन् । रेलसेवा सञ्चालनको लागि भारतीय पक्षले नेपाल पक्षको समेत समर्थन जुटाएर संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन् ।

सन् २०११ मा समपन्न कोशी सम्झौता अनुसार २०१६ देखि २०४० सम्म भारतको भीमनगर हुँदै धरानको फुस्रेसम्म सञ्चालित रेल्वे ट्रयाक प्रयोग गरी पुनः रेल सञ्चालनमा ल्याउन दबाब सिर्जना गर्नेगरी आन्दोलन गर्न लागेको भारतीय रेल आन्दोलन संघर्ष समितिले जनाएको छ ।

प्रदेश १ का पूर्व पर्यटनमन्त्री जगदिश कुसियतले नेपाल—भारत संयुक्त रेलसेवा आन्दोलनको आवश्यकता महशुस भएकाले संयुक्त आन्दोलनमा उत्रन लागेको बताउनु भयो । उहाँले धार्मिक पर्यटनसँगै रोजगारी र विकासका लागि दुई देशीय रेल सञ्चालन आवश्यक रहेको औंल्याउनुभएको छ ।

भीमनगरसम्म रेल मार्ग जोडिनुपर्ने भन्दै एक दशकयता सो क्षेत्रका बासिन्दा भारत सरकारबिरुद्ध संघर्षमा छन् ।

 

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS