images

टर्की भूकम्प अपडेट : ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो, शक्तिशाली पराकम्पहरु जाँदा नागरिक झनै त्रसित

एजेन्सी । टर्कीमा फेरि शक्तिशाली पराकम्प गएको छ ।

नेपाली समय अनुसार आज बिहान ७ बजेर २ मिनेटमा त्यहाँ ७ दशमलव ८ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि पनि त्यहाँ पराकम्पहरु गइरहेका छन् ।

जसमध्ये नेपालको समय अनुसार दिउँसो ४ बजेर ९ मिनेटमा ७ दशमलव ५ म्याग्निच्युटको अर्को शक्तिशाली पराकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी देशमा समेत महसुस भएको छ । टर्कीपछि सिरियामा भूकम्पबाट धेरै क्षति भएको छ । दुई देशमा गरेर अहिलेसम्म १ हजार ३ सय जनाभन्दा धेरैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

टर्कीका राष्ट्रपति रिसेप इर्डोगनले आफ्नो देशमा मात्रै अहिलेसम्म ९१२ जनाको मृत्यु भएको छ ५ हजार ३०० जना घाइते भएको जानकारी आएको बताएका छन् ।

सिरियामा पनि ३२० जनाको मृत्यु भएको बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । उद्धारकर्ताहरुले भूकम्पबाट भत्किाएका भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धार गरिरहेका छन् ।