images

झापाका किसानद्वारा कुखुरासहित सडकमा प्रदर्शन

काठमाडौं । उचित मूल्य नपाएको भन्दै झापाका किसानले उत्पादित कुखुरासहित सडकमा प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरूले सडकमा अण्डा फालेरसमेत विरोध जनाएका छन् । किसानले उत्पादन गरेको कुखुरा र अण्डा बिचौलियाका कारण बिक्री नभएको उनीहरुको आरोप छ ।

जिल्लाभरका अण्डा उत्पादक, कुखुरा पालक, बाख्रा पालकसहितका किसान आन्दोलित भएका हुन् । उनीहरूले मंगलबार दिउँसो बिर्तामोडको मुक्तिचोकमा नाराबाजी गर्दै विरोध जनाएका हुन् । उनीहरू करिब ४ सय कुखुरा र २० कार्टुन अण्डासहित प्रर्दशनमा उत्रिएका थिए ।