images
images

नेपालले टर्कीमा मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने

काठमाडौं । टर्कीमा गएको विनासकारी भूकम्पपछि राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने भएको छ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौं बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताए

प्रधानमन्त्री प्रचण्डले हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको स्मरण गर्दै टर्कीको दुःखमा नेपालले पनि सहयोग गर्नुपर्ने बताए ।

बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS