images

अपहरणको नाटक गर्ने ६ जना काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले अपहरणको नाटक गरेको आरोपमा काठमाडौंबाट ६ जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकापस्थित पिस ब्याम्बो रिसोर्टबाट स्थानीय विदुर बस्नेत, काभ्रेका जगतबहादुर भोलान, कान्छामान जिम्बा, आशमान लामा, चितवनका दिलिप विक र सर्लाहीका भोला महतो नुनिया पक्राउ परेका हुन् ।

उनीहरुले अपहरणमा नपरी अपहरण भएको भन्दै परिवारका सदस्यलाई खबर गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

प्रहरीले विदुर र उनीसँग लेनदेन कारोबार भएका ३ जना र रिसोर्टमा सँगै बसेका दिलिप र भोलालाई पनि पक्राउ गरेको हो । उनीहरुमाथि अभद्र व्यवहारमा अनुसन्धान सुरु गरेको राठौरले बताए ।