images
images

लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी हो : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताएका छन्।

शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा देश बनाउने शक्ति भनेको नै पार्टी रहेको उल्लेख गरेका हुन्।

उनले देश बनाउनका लागि पात्र चाहिने र त्यो पात्र भनेको लोकतन्त्रमा पार्टी मात्रै रहेको बताए। उनले देशको अर्थतन्त्र बनाउने र देश बनाउनका लागि विचार र विमर्शसहितको पार्टी आवश्यक भएको उल्लेख गरे।

उनले भने, ‘देश बनाउनका लागि बनाउने पात्र चाहिन्छ। लोकतन्त्रमा त्यस्तो देश बनाउने पात्र पार्टी हुन्छ। पार्टी नै त्यस्तो पार्टी होस्, जसले त्यस्तो अर्थतन्त्र बनाउँछ र यसरी त्यस्तो पार्टी र अर्थतन्त्रले सँगै देशलाई अघि लिएर जान्छन्।’

देशको अर्थतन्त्र उद्यम नगर्ने र रोजगारी सिर्जना नगर्ने पुँजीपतिकोमा गए देशले प्रगतिको पथ लिन नसक्ने उनको भनाइ थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS