images

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवस

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आज ३२ औं स्थापना दिवस मनाउँदै छ ।

‘मिलेर फालौं भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

आयोगको काठमाडौंको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा कार्यालयले विभिन्न कार्यक्रमका साथ अख्तियार दिवस मनाइरहेका छन् ।

अख्तियारले तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा ९७ र ९८ को व्यवस्थाबाट स्वतन्त्र एवं स्वायत्त संवैधानिक आयोगको मान्यता प्राप्त गरेको थियो । नेपालको अन्तरिम संविधान, २०६३ ले आयोगलाई निरन्तरता दिएको थियो ।

हालको नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्ने गरी काम, कर्तव्य र अधिकार प्रदान गरेको छ ।