images
images

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या २४ हजार पुग्यो, हिमपात र कठ्याङ्ग्रिदो चिसोले थप सास्ती

एजेन्सी । टर्की र सिरियामा गत सोमबारको भूकम्पमा ज्यान गुमाउनेको संख्या २४ हजार पुगेको छ । भूकम्पको पाँच दिन पूरा भइसक्दा पनि खोजी र उद्धार जारी छ, तर भग्नावशेषमा जीवित व्यक्ति भेटिने आशा क्षीण हुँदै गइरहेको छ।

हिमपात र कठ्याङ्ग्रिदो चिसोले भूकम्प पिडीतहरुलाई थप सास्ती भएको छ। टर्कीका केही भागमा अहिले शून्य भन्दा कम तापक्रम रहेको अधिकारीहरूले बताएका छन्।

भूकम्पमा परेर मृत्यु हुनेको संख्या दैनिक बढिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । भग्नावशेषमा अझै धेरै मानिस पुरिएको हुन सक्ने उद्दारकर्मीहरुले अनुमान गरेका छन् ।

७ दशमलव ९ म्याग्निच्यूडको भूकम्प र त्यसपछि निरन्तर आएका पराकम्पनका कारण ठूलो मानवीय र भौतिक क्षति भएको अधिकारीहरुले बताएका छन् । ठूला(ठूला भवनहरु क्षतिग्रस्त भएकाले ति भग्नावशेष पन्छाउने क्रम पनि जारी रहेको छ ।

यसैबीच टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पीडितहरुको उद्दार तथा राहतका लागि अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् । उनले संसारभरबाट पीडितको उद्दार तथा राहतका लागि सहायता आउने क्रम जारी रहेपनि पीडितसमक्ष पुग्न ढिलाई भएकोप्रति चिन्ता व्यक्त गरेका छन्। तर विपक्षी दलका नेताहरुले भने राष्ट्रपतिको आलोचना गरेका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS