images
images

रेशम चौधरीलाई रिहा गर्नुपर्छ : नेपाल

कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वसांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले लामो समयसम्म जेलमा राखिराख्न नहुने भन्दै सरकारलाई रेशम चौधरीलाई रिहाइ गर्न आग्रहसमेत गरे।

उनले राष्ट्रपति सबैको सहमतिमा चयन हुने बताए। प्रधानमन्त्री स्वयमले राष्ट्रपतिका लागि साझा व्यक्ति भनिरहेकाले सहमतिमा राष्ट्रपति चयन हुने उनले बताए ।

उनले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले सबैलाई समेटेर अघि बढ्नु पर्ने बताउँदै यस सरकारले विश्वासको मत प्राप्त गर्ने उल्लेख गरे।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS