images

जनयुद्द दिवसमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले भोलि (फागुन १ गते) देशैभरि सार्वजनिक बिदा दिएको छ।

माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।

यसअघि कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर भोलि बिदा दिने निर्णय गरेका थिए।

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरू गरेको थियो।