images

भारतसँगको सहकार्य बिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्न सकिदैन : नागरिक उड्डयन प्राधिकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतसँगको सहकार्य बिना भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नसकिने जनाएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आईतवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् । उनले भैरहवा र पोखरा विमानस्थलबाट अहिले नै लाभ खोज्ने बेला नभइसकेको बताए ।

महानिर्देशक अधिकारीले पोखरामा भएको दुर्घटनामा भएका टिप्पणीको सम्बोधन गर्दै एक हजार फिट माथि नै सबै व्यवस्थापन गरेर मात्रै ल्याण्डिङ गर्नुपर्ने नियम ल्याएको बताए । उनले नियमित मौसम सूचना उपलब्ध नहुने हिमाली तथा उच्च पहाडी क्षेत्रमा मौसमी क्यामेराहरु जडान भइसकेको वताएका हुन् ।

महानिर्देशक अधिकारीले उडानपूर्व बाध्यकारी रुपले उडान सुरक्षा जोखिम मूल्यांकन गर्नुपर्ने बताए ।