images

२०८० सालको तिज असोज १ गते, दशैँ कात्तिक ७, भाइटीका कात्तिक २९ र चैते दशैँ २०८१ को वैशाखमा

काठमाण्डौ । मलमासका कारण आउँदो वर्ष २०८० सालका प्रायः सबै चाडपर्व झण्डै तीन हप्ता पछाडिसम्म धकेलिएका छन् ।

साउन महिनामा मलमास सुरु हुने भएकाले साउन कृष्णपक्ष पछाडिका सबै चाडपर्व १५ देखि १९ दिनसम्म पछाडि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

हरितालिका तीजको व्रत ८० सालमा असोज १ गते परेको छ। २०७९ सालको तीज भदौ १४ मा थियो। 

यस्तै २०८० सालको घटस्थापना असोज २८ गते परेको छ भने फूलपाति कात्तिक ४ र विजयादशमी कात्तिक ७ गते परेको छ। २०७९ सालमा असोज १० गते घटस्थापना, १६ गते फुलपाती र असोज १९ गते विजयादशमी परेको थियो।

समितिका अनुसार कात्तिक २७ गते लक्ष्मीपूजा र कात्तिक २९ गते भाइटीका परेको छ ।

यसपालि कात्तिक १३ मा मनाइएको छठ पर्व २०८० सालमा भने मंसिर ३ गते परेको छ । मलमासकै कारण २०८० सालको चैते दशैँ २०८१ मा पुगेको छ । २०८० को चैत मसान्तमै चतुर्थी तिथि सकिने भएकाले चैते दशैँ २०८१ को वैशाखमा परेको समितिले जनाएको छ ।