images

३ लाख ४५ हजार बाइभ्यालेन्ट खोप काठमाडौं आइपुग्यो

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।

पहिलो चरणमा ३ लाख ४५ हजार बाइभ्यालेन्ट खोप सोमबार बिहान काठमाडौं ल्याइएको हो ।

सो खोप टुेकुमा भण्डारण गरिने र केही दिनमा सबै प्रदेशहरुमा आवश्यकता अनुसार पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत नेपाल सरकारले बाइभ्यालेन्ट खोप माग गरेको थियो ।

विज्ञका अनुसार ओमिक्रोनका सबभेरियन्टको संक्रमणलाई रोक्न बाइभ्यालेन्ट खोप बढी प्रभावकारी छ ।

छिमेकी देशमा चीनमा ओमिक्रोनको उपप्रजाति बी.एफ. ७ फैलिरहेकाले सरकारले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गर्दै आएको छ ।