images
images
images

माओवादी केन्द्रले ‘युज एण्ड थ्रो’ गरेको भन्दै विमला वलीले गरिन पार्टी परित्यागको घोषणा

काठमाडौं । लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले पार्टी परित्याग गरेकी छिन् ।

उनले माघ २४ मा माओवादी जिल्ला समन्वय कमिटी अध्यक्षसमक्ष राजीनामा बुझाएर माओवादी त्यागेको घोषणा गरेकी हुन्।

शंकर पोख्रेल नेतृत्वको प्रदेश सरकार ठाल्न माओवादीसँग मिलेर सहयोग गरेकी वलीले पार्टीले वेवास्ता गरेको भन्दै राजीनामा दिएकी हुन्।

वलीले राजीनामा पत्रमा माओवादीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेकाले पार्टी त्यागेको उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, ‘मैले लुम्बिनीमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउन ठूलो भूमिका खेलेँ। तर पार्टीले मलाई सापट दिएको पैसा माग्न जाँदा राज्यमन्त्रीबाट राजीनामा दिन बाध्य गरायो।’

श्रीमान्‌को भूमिका एमालेमा हुँदाहुँदै माओवादी रोज्दासमेत पार्टीले सामान्यकरण गरी भूमिकाविहीन गराइ आफ्नो अपमान गरेको उनको गुनासो छ।

एमाले सांसद उत्तरकुमार वलीको निधनपछि तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएको थियो। उनी दाङ ३ ‘ख’ बाट निर्वाचित भएकी थिइन्। नेकपा विघटनपछि उनले माओवादी केन्द्र रोजेकी थिइन्।

उनले माओवादी रोजेपछि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको थियो। त्यसपछि माओवादी नेतृत्वमा सरकार बन्यो।

एमाले छाडेर माओवादी रोजेकी उनलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको थियो । 

उनले राजीनामा पत्रमा माओवादीले ठूला अपराधमा संलग्न भएकालाई संरक्षण गरे पनि आफूले सापट दिएको रकम माग्दा राजीनामा गराएको भन्दै असन्तुष्टिसमेत जनाएकी छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS