images

बसको ठक्करबाट वृद्ध मृत्यु प्रकरण : आन्दोलनले उग्र रुप लिँदै, प्रहरीद्वारा ४ राउण्ड अश्रु ग्यास प्रहार, एक जना प्रहरी घाइते

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिँदै गएको छ ।

मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा एक जना प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । अहिले प्रहरीले आन्दोलनकारीलाई लखेटेर मंगलगढी चोकदेखि बुलबुले चोकमा पुर्याएको छ ।

यस्तै प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो । आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरुले सोमबार बिहानैदेखि आन्दोलन गरिहरेका हुन् ।