images
images

भोलिदेखि काठमाडौं उपत्यकामा सवारी साधन बन्द गर्ने यातायात व्यवसायीको घोषणा

काठमाडौँ । यातायात मजदुरले मङ्गलवारदेखि काठमाडौँ उपत्यकाभित्र सम्पूर्ण यातायात नचलाउने घोषणा गरेका छन् ।

सोमबार यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले नयाँ बसपार्कको ठेकेदार ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएको बताए । सोमबार उनीहरुले बालाजु क्षेत्रमा सडकमै गाडी तेर्स्याएर प्रदर्शन गरेका छन् ।

ट्राफिक प्रहरीले ऐनविपरीत जरिवाना असुल्ने, चालकहरूको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुली लगायत मनोमानी गरेको उनीहरूको आरोप छ। ट्राफिक प्रहरीले मनोमानी गर्न नहुने भन्दै उनीहरूले यातायात ठप्प पार्ने बताएका हुन् ।

आफ्ना मागहरू तत्कालै सम्बोधन हुनुपर्ने र कानुन संशोधन लगायतका नीतिगत विषयहरूलाई सम्बोधन गर्ने गरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने संगठनहरूको अडान छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS