images

आज प्रणय दिवस, प्रेम साटासाट गरी मनाइँदै

काठमाडौं । आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे एकअर्कामा प्रेम साटासाट गरी नेपाल लगाएत विश्वभर मनाइँदैछ ।

हरेक वर्ष फेब्रुअरी १४ मा प्रेमी–प्रेमिकासँगै प्रियजनमा प्रेम र सद्भाव साटासाट गरेर प्रणय दिवस मनाउने गरिन्छ । युवायुवतीले यस दिनलाई आफ्नो प्रेम व्यक्त गर्ने दिनका लागि पनि लिने गर्छन् ।

आजका दिन प्रेमको प्रतिकका रुपमा रहेको रातो गुलाबको फूल आफ्ना प्रियजनलाई दिने चलन छ । विशेष गरी भ्यालेन्टाइन्स डे को औपचारिक सुरुवात इस्वी संवत् २६९ रोमनबाट सुरु भएको हो । यो दिवससँग एउटा दुस्खान्त प्रेमकथा जोडिएको छ ।

तेस्रो सताब्दीमा एक रोममा क्लोडियस नामक एक शासक थिए । उनले भन्ने गर्दथे ‘जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ ।’ त्यसैले ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’ उनले आफ्नो राज्यमा उद्घोष गरिदिए, तर भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरोध मात्रै गरेनन् सन्त भ्यालेन्टाइनले सायौं अधिकारी र सैनिकको विवाह समेत गराइदिए ।

भ्यालेन्टाइनको यस्तो क्रियाकलापबाट क्लोडियस क्रोधित भई सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिने निर्णय गरे । फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेन्टाइन ।’

यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी आफ्नी दृष्टिबिहीन छोरीलाई दिनू।’ यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले प्रणय दिवस मनाउन सुरु को विश्वास गरिन्छ ।