images

आवश्यक कोइला अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द

हेटौंडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट फेरि सिमेन्ट उत्पादन बन्द भएको छ ।

उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो ।

कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगले प्रथम र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला आयात गर्ने योजना बनाएको छ ।

सिमेन्ट उत्पादनका लागि आवश्यक कोइलाको व्यवस्थापनमा लागेको र एक हप्ताभित्र कोइला आपूर्ति भई सिमेन्ट उत्पादन सुरु हुने उद्योगका नायव महाप्रबन्धक नवीन कर्णको दाबी छ। कोइला भारत, इन्डोनेसिया र भुटान तथा पाकिस्तानबाट आयात हुनेछ ।

लामो समय बन्द भएको उद्योग तीन महिनाअघि मात्रै फेरि सञ्चालनमा आएको थियो तर उद्योग अहिले फेरि बन्द भएको हो ।