images

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अहिलेसम्मकै ठूलोमात्रामा लागुऔषध बरामद, १३ जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध कारोबारमा सम्लग्न भएको आरोपमा काठमाडौंका विभिन्न भागबाट ६ विदेशी र ७ नेपाली गरी १३ जनालाई पक्राउ गरेको छ । साथै प्रहरीले उनीहरुको साथबाट अहिलेसम्मकै ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ ।

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले आज राजधानीमा पत्रकार सम्मेलन गरी बरामद गरिएको लागुऔषधसहित १३ जनालाई सार्वजनिक समेत गरेको छ । सार्वजनिक गरिएका मध्ये ४ जना थाईल्याण्डका नागरिक, २ जना भारतिय नागरिक र ७ जना नेपाली नागरिक रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट अन्दाजी अहिलेको बजारमूलय अनुसार अन्दाजी ५१ लाख ४१ हजार ९ सय बराबरको लागु औषध बरामद गरिएको जनाएको छ ।

ब्यूरोका अनुसार ४ जना थाई नागरिकलाई त्रिभुवन अन्तराष्ट्रिय वियमानस्थलको डिपार्चर कक्षबाट पक्राउ गरिएको हो । उनीहरुले उक्त लागुऔषध थाइल्याण्डतर्फ निकासी गर्न लागेका थिए । थाइ नागरिकहरु पक्राउ परेपछि २ जना भारतीय नागरिकलाई सुन्धारा र त्यसपछि ७ जना नेपालीलाई सुन्धाराको लगन टोलबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।