images

विश्वकप क्रिकेट लिग टू अन्तर्गत नामिबियामाथि नेपालको कीर्तिमानी जित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले जित हात पारेको छ ।

टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको हो ।

नेपालले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक नामिबियालाई हराएको हो । नामिबियाले दिएको २ सय ८५ रनको लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा कुशल भुर्तेलले कीर्तिमानी शतकीय इनिङ खेले ।

कुशलले नेपाललका लागि १ सय १५ रन जोडे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले अन्तिम बलमा अलआउट हुँदै २ रन ८५ रन बनाएको थियो ।