images
images

अहिलेको राजनीतिक अवस्था फेर्न देशी विदेशी शक्तिहरु लागि परेका छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अहिलेको राजनीतिक अवस्था फेर्न देशी विदेशी शक्तिहरु लागि परेको बताएका छन्।

मंगलबारबाट काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको राजनीतिक अवस्था फेरिन सक्ने उल्लेख गरे । अहिलेको सत्ता गठबन्धनलाई भत्काउन देश भित्र र बाहिरबाट खेल भइरहेको पनि ओलीको दाबी छ ।

ओलीले देशमा बिभिन्न समस्याहरु रहेका र त्यो समस्या समाधान एमालेले गर्ने दाबी गरे । अध्यक्ष ओलीले मातृभूमिको रक्षा एमालेले मात्रै गर्ने दाबी गरे ।

उनले अनेरास्ववियुले नेपालको विद्यार्थी आन्दोलनमा मात्रै नभएर नेपालको राजनीतिमै अत्यन्तै महत्वपूर्ण भूमिका र गौरवपूर्ण इतिहास बोकेको बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS