images
images

बालाजु घटनामा संलग्न ६ जना सार्वजनिक

काठमाडौं । काठमाडौंको बालाजुस्थित माछापोखरीमा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्याण्डमा तोडफोडका साथै आगजनी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलनमार्फत अभियुक्तहरुलाई सार्वजनिक गरेका हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले सोमबार भएको आन्दोलनका क्रममा तोडफोड गर्ने उनीहरुलाई पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा उदयपुर घर भई तारकेश्वर बस्ने विक्रम राई, नुवाकोट घर भई बानियाटार बस्ने रामहरि भण्डारी, लमजुङ घर भई तारकेश्वर बस्ने विवेक श्रेष्ठ, काभ्रे घर भई बालाजु बस्ने राजेश तामाङ, प्युठान घर भई गौंगबु बस्ने दीपेन्द्र पुन मगर र काभ्रे घर भई गंगाहल बस्ने आशिष खड्का रहेका छन् ।

पक्राउ परेकाहरु उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम ३ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

सो घटनामा संलग्न रहेको आशंकामा अन्य १० जनामाथि पनि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS