images

भोलि गौशाला क्षेत्रमा सवारी साधन प्रवेशमा रोक

काठमाडौं । महाशिवरात्रिको दिन भोलि गौशाला क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइने भएको छ ।

पुरानो बानेश्वर, रातोपुल, कालोपुल, मित्रपार्क, चाबहिल गौरीघाट, तिलगंगा र सिनामंगल क्षेत्रबाट पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

वनकाली क्षेत्रमा महाशिवरात्रिको अवसरमा शिविर संचालन गर्ने संघ संस्थाहरुको सवारी साधन, दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङ्कर पार्किङको व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारी साधन पार्किङका लागि ६ ठाउँ तोकिएको छ । सिफलचौर, गुहेश्वरी पारी, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, तीलगंगा आँखा अस्पताल अगाडि र बनकानी क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ ।