images

२०८० सालदेखि दुई वटा सार्वजनिक बिदा थप्ने सरकारी निर्णय

काठमाडौं । सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको दिन प्रत्यक वर्ष सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २०८० सालदेखि दुई वटा बिदा थप्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले शुक्रबार जानकारी दिए ।

पुस २७ गते पृथ्वी जयन्तीका लागि र जनयुद्ध दिवसका लागि फागुन १ गतेको बिदा सरकारको वार्षिक क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको हो ।