images
images

स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरूले एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिहेका छन् : ओली

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् ।

स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरूले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै त्यसलाई तोडेर अघि जानुपर्ने अवस्था रहेको ओलीको भनाइ छ ।

शुक्रबार ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयबाट ’मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुअली शुभारम्भ गर्दै अध्यक्ष ओलीले अस्वस्थ ढङ्गले चल्ने राजनीतिक दलहरूलाई पराजित गर्ने गरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए ।

उनले निकट विगतमा आफ्नो पार्टीलाई एक्ल्याउने शक्ति र प्रवृत्तिहरू अहिले पनि रहेकाले त्यस्ता शक्तिहरूको षड्यन्त्रबारे नागरिकलाई बुझाउँदै लैजानुपर्ने जरुरी रहेको पनि बताए ।

अध्यक्ष ओलीले पार्टीको रक्षामा दृढतापूर्वक उभिन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । पार्टी हितको पक्षमा उभिने नेता, कार्यकर्तालाई पार्टीले पनि हित गर्ने ओलीको भनाइ थियो ।

ओलीले आउँदो चार वर्षपछि हुने चुनावमा ५० प्रतिशतभन्दा बढी ठाउँमा पार्टीलाई विजयी गराउने गरी पार्टीेले ’मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको स्पष्ट पारे । अध्यक्ष ओलीले एमालेजस्तो पवित्र उद्देश्य भएको पार्टी अरू नरहेको जिकिर गरे ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS