images
images
images

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीको कैद मिनाहा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको कैद मिनाहा भएको छ। फागुन ७को प्रजातन्त्र दिवस अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरूको सूचीमा सांसद अरुण चौधरीलाई समावेश गरेपछि उनको बाँकी सजाय मिनाहा भएको हो।

राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ। सोहीअनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाहा भएको छ।

सजाय मिनाहा भएसँगै हाल कैलाली कारागारमा रहेका उनी रिहा हुनेछन्।

नागरिक उन्मुक्तिका सचेतकसमेत रहेका चौधरीलाई पक्राउ गरी २० माघमा जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो। ट्रयाक्टर आगजनीको मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो। सोही मुद्दाका कारण उनलाई प्रतिनिधिसभा निर्वाचित भएपछि पक्राउ गरी थुनिएको थियो।

ट्रयाक्टरमा पेट्रोल छर्किएर आगजनी गरेको आरोपमा अदालतले उनीसहित तीन जनालाई ६ महिना कैद र ८ लाख क्षतिपूर्तिको फैसला सुनाएको थियो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS