images

२४ घण्टामा ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ९ सय ३७ जनाको नमूना परीक्षण गरिएको हो । १ सय ३ जनाको पीसीआर र ८ सय ३४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार देशभर १ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका हुन् । १७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।