images

चेक बाउन्सलाई बैंकिङ कसुरबाट हटाउन माग

काठमाडौं । आफ्नो खातामा मौज्दात नभएको जानकारी हुँदाहुँदै पनि चेक काटिदिने गल्ती (चेक बाउन्स) लाई बैंकिङ कसुर नमान्न माग गरेका छन् ।

विद्यमान व्यवस्था परिमार्जन गर्न विकास बैंकहरुले आग्रह गरेका हुन् । डेभलपमेण्ट बैंकर्स एसोसिएसनले शुक्रबार बैंकिङ कसुर तथा सजाए ऐन २०६४ लाई संशोधनको माग गर्दै राष्ट्र बैंक समक्ष सुझाव पत्र बुझाएका हुन् ।

पछिल्ला वर्षहरुमा कालोसूचीमा पर्नेमध्ये अधिकांश चेक बाउन्सको मुद्दाका कारण रहेका छन् । यसकारण यो प्रवृत्ति निरुत्साहित गर्नका लागि चेक बाउन्सको विषयलाई बैंकिङ कसुर तथा सजाय ऐनबाट हटाएर विनिमय अधिकार पत्र ऐन २०३४ अन्तगत राख्नुपर्ने एसोसिएसनको माग छ । यस्तै, कसुर पुष्टि हुने प्रमाण प्राप्त भएपछि मात्र बैंकका कर्मचारीलाई पक्राउ गरेर बैंकिङ कसुर सम्बन्धी मुद्दा चलाउनु पर्ने नीतिगत व्यवस्था गर्न पनि एसोसिएसनले माग गरेको छ ।