images
images

रुसले मानवताविरोधी अपराध गरेको अमेरिकी ठहर

काठमाडौं । अमेरिकाले रुसले मानवताविरोधी अपराध गरेको ठहर गरेको छ। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले रुसले युक्रेनविरुद्ध मानवताविरोधी अपराध गरेको अमेरिकाले औपचारिक रुपमा ठहर गरेको बताएकी हुन्।

जर्मनीको म्युनिखमा सेक्युरिटी कन्फ्रेन्समा ह्यारिसले रुसविरुद्ध कैयौँ गम्भीर आरोप लगाइन्। उनले युक्रेनमाथि आक्रमणका क्रममा रुसले हत्या, अपराध, बलात्कार तथा निर्वासन जस्ता जघन्य अपराध गरेको बताइन्।

उपराष्ट्रपति ह्यारिसले रुसले आम मानिसहरुमाथि लक्षित गरेर आक्रमण गरिएको भन्दै यो संगठित अपराध भएको जिकिर गरिन्। उनले युक्रेनलाई समर्थन जारी राख्न युरोपेली नेताहरूलाई आग्रह गरिन्।

कार्यक्रममा बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेनको भविस्यको सुरक्षाका लागि पश्चिमा सहयोगीले हतियारलगायत मानवीय सहयोग जारी राख्नुपर्ने बताइन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS