images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आई. एफ. आर. प्रणाली लागु हुदै

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ११ गते देखि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आई.एफ.आर) प्रणाली लागू हुने जनाएको छ ।

पोखरामा आईएफआर प्रणाली लागु हुने भएसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीहरूले चासो देखाएका छन् ।

प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि कोरियन एयर, विज एयर, हिमालय एअरलाइन्स र नेपाल वायुसेवा निगम लगायतले चासो देखाएका हुन् । आईएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिजुअल फ्लाइट रुल्स (भीएफआर) को तुलनामा निकै सुरक्षित र सहज हुने प्राधिकरणले जनाएको छ ।

हिमालय एअरको न्यारोबडी विमान एयरबस थ्री-ट्वान्टीले पोखरामा परीक्षण उडान गरिसकेको छ ।

उडानका लागि चासो देखाएका विमान कम्पनीका विमान, यात्रु क्षमता र उडान गर्न चाहेको गन्तव्य लगायत विषयमा भने छलफल बाँकी रहेको छ । गत जनवरी–१ देखि सञ्चालनमा आएको उक्त विमानस्थलमा हाल आन्तरिक उडान भइरहेका छन् ।