images
images

सत्ता गठबन्धन लामो समय टिक्दैन् : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठबन्धन लामो समय नटिक्ने बताएका छन्।

नेकपा एसनिकट भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको किर्तिपुरमा दोस्रो बैठक उद्घाटन गर्दै उनले सत्ताधारी गठबन्धनमा संविधान बिरोधीदेखि संविधानका पक्षपाती सबै खाले शक्तिहरु भएका कारण उक्त गठबन्धन लामो नटिक्ने उनले बताए ।

उनले राष्ट्रपतिको निर्वाचनबाट सत्ताधारी गठबन्धनको भविष्य टुंगो लाग्ने र त्यो एक हप्ता भित्र हुने बताए।

कीर्तिपुरमा जारी बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताए ।  

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS