images
images

राष्ट्रपतिमा एमालेले उठाएको उम्मेदवारलाई माओवादीले भोट दिन्छ : ओली

विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीले आफूले राष्ट्रपतिमा उठाएको उम्मेदवारलाई भोट दिने दाबी गरेका छन्।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगै कुराकानी गर्दै ओलीले ‘माओवादीले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने’ टिप्पणी गरेका हुन्।

विमानस्थलमा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सहकार्यको आह्वानमाथि प्रश्न गरेका छन्। उनले ज्ञानेन्द्रसँग के विषयमा सहकार्य गर्ने भन्दै उनीमाथि कटाक्ष गरे। ओलीले आफ्ना वरपर दुई चारजना मान्छे देखेर हौसिएको भन्दै टिप्पणी गरे।

ओलीले भने, ‘उहाँ अझैपनि पुरानो झल्को आइरहन्छ। दुई–चारजना मान्छे वरिपरि देख्यो भने उहाँलाई जोस आउँछ। त्यतिमात्रै हो, अरु केही होइन । उहाँहरुले २४० बर्षसम्म चलाउनुभएको होइन रु के गर्नुभएको थियो रु देश कहाँ पुर्याउनुभयो रु ज्ञानेन्द्रजीसँग के विषयमा सहकार्य गर्नेरु’

ओलीले पार्टी केन्द्रिय सदस्य दुर्गा प्रसाईंलाई कारबाही कहिले हुन्छ भन्ने प्रश्नमा ‘पानीले आफ्नो बाटो आफैँ बनाउछ’ भन्दै पन्छिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS