images

महाशिवरात्रिमा पशुपति आएका साधुसन्तको बिदाई

काठमाडौं । महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ आएका साधुसन्तको सोमबार बिदाई गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले सोमबार साधुसन्तहरुलाई बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरेको हो ।

साधु सन्तलाई वरिष्ठताका आधारमा दक्षिणा दिएर बिदाइ गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अ

कोषले शिवरात्रीमा आएका चार हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गरिएको हो ।

महाशिवरात्रीमा भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।