images

चितवनबाट ५३ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं । चितवनबाट ५३ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराति राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथर जाँदै गरेको वा ३ च २५०४ नम्बरको गाडीमा लैजाँदै गरेको गाँजा बरामद गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रही कार्यालय चितवनले जनाएको छ ।