images

गुण एयरलाइन्सका सबै उडान रोक्ने प्राधिकरणको निर्णय

काठमाडौं । सरकारले गुण एयरलाइन्सको विमानहरुको उडान रोक्ने निर्णय गरेको छ । गुणका ७ वटै विमानले सोमबारदेखि नै उडान भर्न नपाएका हुन् ।

कर्मचारीलाई तलब समेत दिन नसकेकाले हवाई सुरक्षा पक्षमा प्रभाव पर्ने जोखिम रहेको ठहर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले गुणका विमानहरुलाई उड्न नदिने निर्णय गरेको हो ।

कम्पनीले कर्मचारीको सेवा सुविधा समयमै दिन सकेको छैन । आर्थिक संकटबाट जुधिरहेको कम्पनीले सेवा दिंदा कर्मचारीको मनोविज्ञान सुरक्षामैत्री हुन नसक्ने देखिएकाले उडान बन्द गरिएको प्राधिकरणले जनाएको छ ।

एयरलाइन्सले आर्थिक संकटका कारण विभिन्न पक्षलाई तिर्नुपर्ने दायित्व पनि बढेको सूचना प्राधिकरणका पुगेको छ ।