images

नेपाली समाजमा छाडा संस्कृति हाबी भयो : संस्कृतिविद् गुरुङ

काठमाडौं । संस्कृतिविद् डा. जगमान गुरुङले नेपाली समाज विकृतिले भरिन थालेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित दोलखाको चरणावती तीर्थबारे छलफल कार्यक्रममा बोल्दै गुरुङले नेपाली समाज विकृत रुपमा अघि बढीरहेकाले समाजलाई सच्याएर अघि बढाउनुपर्ने अवस्था रहेको बताए ।

उनले नेपालीहरुले पुरानो संस्कृति र संस्कार बिर्सिसकेकाले यसलाई पुनः उजागर र प्रवद्र्धनको आवश्यक्ता रहेको उल्लेख गरे । संस्कृतिविद् गुरुङले नेपाली समाजलाई विदेशीहरुले हेर्न आउने लायक बनाउनुपर्नेमा जोड दिए ।

उनले नेपालको राजनीतिक वर्गले नेपाली मानिसहरुको दिमागको सही सदुपयोग गर्न नसकेको बताए । उनले नेपाली समाजमा छाडा संस्कृति हाबी भइरहेको बताउनु भयो ।

सम्पूर्ण शास्त्रहरु गौरीशंकर हिमालबाट उत्पत्ति भएकाले गौरीशंकर हिमालको उजागर गर्न आवश्यक रहेको बताए । उनले कालिन्चोकलाई शक्तिकेन्द्रको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

उनले कालिन्चोक, चरणावती तीर्थ, दोलखा भीमसेन र गौरीशंकर हिमाल र च्छो रोल्वा हिमालको प्रचारप्रसार गर्नसके मानवसरोवर र कैलाश जाने तीर्थयात्री गौरीशंकर र च्छोरोल्वामा आउने बताए ।