images

बाजुरा केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प

काठमाडौं । पश्चिम नेपालमा भूकम्प गएको छ । १ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

बाजुराको बिच्छ्या केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

सुदूपश्चिम प्रदेशका जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पले क्षति गरेको वा नगरेको केही खुलेको छैन । तर, सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा धक्का महसुस गरिएको छ ।